त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुुई जना कोरोना सक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार ११:१९
प्रकासित समय : ११:१९
काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ।
अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेका छन्। काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी सुगर र प्रेसरको बिरामी रहेको अस्पतालले जनाएको छ। यस्तै महिलामा भने एसएलई बाथ रोग र मृगौला पीडित थिइन्।
उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो। मृतक दुबैको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।