अछाम बिद्युत र खानेपानी काण्ड : दुईजना वडाअध्यक्ष अझै फरार, सात जना अन्य पक्राउ
अछाम, विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
साउन १४ गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ का वडा अध्यक्ष सहित १८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा मुद्धा दर्ता गरिएको थियो ।
नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष कुल बहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नम्बर ६ का वडा अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधिन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डि एस पि योगेन्द्र थापाले जानकारी दिए ।
थापाका अनुसार पंञ्चदेवल विनायक नगरपालिका वडानं ५ र वडा नं ६ का वडाअध्यक्ष विरुद्ध मुद्धा दर्ता भएको थियो । उहाहरु अझै नभेटिएको र सोधि खोजि कार्य भैरहेको थापाले बताए । मुद्दा दर्ता भईसकेको र उहाहरुलाई चाडो भन्दा चाडो समाउने कुसे न्युजसग बताए ।
अध्यक्ष बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनी लगायत १० जनाको नाममा र वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनी लगायत ८ जनाको नाममा किटानि सहित मुद्धा दर्ता गरिएको थियो । अहिले विधुत सेवा नगरपालिका को अग्रसरतामा पुन सुचारु भैसकेको छ ।
प्रकाउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय अछामकाे हिरासतमा राखिएकाे बताइएकाे छ ।
…..र याे पनि पढ्नुस
विद्युत र खानेपानी भत्काएको भन्दै पन्चदेवल विनायकका दुई वडा अध्यक्षविरुद्ध मुद्धा दर्ता