वीर अस्पतालका डाक्टरसहित ७१ कर्मचारीलाई कोरोना संक्रमण
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार ०८:२६
प्रकासित समय : ०८:२६
काठमाडौं, वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा बन्द भएकाे छ । ठूलो संख्यामा डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि दुई दिन अस्पतालको ओपीडी बन्द गरिएको हाे ।
अस्पतालले आज (बुधबार) एक सूचना जारी गरी १७/१८ गते ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार मंगलबारसम्मको रिपोर्टअनुसार डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अस्पतालका अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।