लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार ११:३०
प्रकासित समय : ११:३०
काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरापालिका वडा नं ११ निवासी ६० वर्षिया महिलाको बुधबार बिहान ९ बजे मृत्यु भएको हो ।
ती महिलामा ज्वरो, श्वासप्रश्वासमा समस्या दिर्घ रोग र ब्लड प्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ ।भदौ ७ गते अस्पताल भर्ना भएकी ती महिलाको कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो ।