आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ महत्व
काठमाडौं,आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । आजबाट १६ दिनसम्म सात पुस्तालाई तर्पण दिई पूजा गर्ने गरिन्छ ।
मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ । पूर्णिमाबाट शुरु भई औंशीसम्म सोह्रश्राद्ध सम्पन्न हुन्छ । यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहँदै आएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले शाकाहारी मात्र भोजन गर्दछन् । घरमा माशांहारी परिकार पनि राख्न नहुने जनविश्वास रहेको छ ।
सोह्र श्राद्धको १६ दिनपछि दशैं आरम्भ हुने गर्दछ । तर, यस वर्ष भने अधिकमास परेकाले सोह्र श्राद्ध सकिएको १ महिनापछि मात्रै दशैं सुरु हुने भएको छ । यसवर्ष कोरोनाका कारण सोह्र श्राद्ध पनि प्रभावित भएको छ