नेकपाद्धारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले रामारोशनका बाढी पिडितलाई राहत वितरण गरेको छ ।अछामको रामारोशन गाउँपालिका सैनिबजार, भाटाकाटीतता लगायतका क्षेत्रमा आएको बाढिमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण गरेको हो ।

मंगलबार पिडित परिवारलाई ५१ हजार नगद सहित मास्क, सेनिटाइजर र सावुन लगायतका सामग्री वितरण गरेको छ ।

गत भाद्र २ गते राती आएको बाढिका कारण १७ जनाले ज्यान गुमाएका थिए ।