कृष्णनगरमा अवैध रुपमा भित्रिदै गरेकाे चांदी बरामद

कृष्णनगर, कृष्णनगरमा संयुक्त टोलीद्वारा अवैध रुपमा भित्रिदै गरेकाे चांदी पाउजु बरामद गरिएकाे छ । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगरको संयुक्त टोलीले बरामद गरेकाे हाे । 

कृष्णनगर वडा नं ४ मा भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा आउदै गरेको व्यक्तिलाई देख्दा चेक जांच गर्ने लुकाई छिपाई ल्याउदै गर्ने क्रममा २१९ पिस चांदी जस्तो देखिने सेतो धातु लगायत ४ थान मोबाइल र कारमा समेत लुकाई राखेको २० पिस पाउजु समेत ३ जना व्यक्तिलाई नियंत्रणमा लिई आवस्यक कार्यवाहीका लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेलले दिए ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने अकाश वर्मा, आन्नद वर्मा र ओम बहादुर घर्ती पक्राउ परेका छन् । उनिहरुको साथ बाट VI VO 17,REDMI NOTE 7 PRO, IPHONE-6 र NOKIYA 1172 मोबाइल गरि ४ थान मोबाइल बरामद गरिएको थियो ।

तत्काल सोधपुछ गर्दा शिवराज नगरपालिकाबाट कृष्णनगर नगरपालिका वडा नं ४ सम्म आउन प्रयोग गरेको बा.८. च. २९५२ नंबरको कार समेतमा लुकाएको अवस्था मा २० पिस पाउजु बरामद गरिएको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका वडा नं ७ अजिगरा बाट भारत बाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको कम्बाइन मेसिनको फलामको रिंग १ थाना, कम्बाइन मेसिनको फलामको पाइप २ थान, कम्बाइन मेसिनको फलामको पार्ट १ थान, लु .११.प . २६१ र लु. १७ प. ९४४९ नंबर को मोटरसाइकल उक्त समान ल्याउन प्रयोग गरिएको थियो जुन सबैको अनुमति मुल्य दुई लाख अठारह हजार राखि आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।

साथै भाद्र १५ गते बिहान ५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर पुरानोमिल स्थितमा डिउटीमा खटिएको प्रहरी ले चेकिंग गर्दा नेपाल बाट भारत तर्फ भन्सार छलि मटर दाना १३०० के. जि. समातेको छ जस्को अनुमानित मूल्य पैसठ्ठी हजार (६५,०००) रहेको र आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ई. प्र. का. कृष्णनगर ले दिएको छ. ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगर भन्सार सुरक्षा, भन्सार चुहावट रोक्न, समाजमा शान्ति स्थापना गर्न, सधै आवस्यक सहकार्य गरेको स्थानीय को बुझाई रहेको छ ।