कर्णालीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका ११ जना,चौकुनेका १, दैलेखका १,जुम्लाका १ जना थप कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

योसंगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ४ सय ५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट निको भई घर फर्कनेको संख्या ३३ रहेको महाशाखाले जनाएको छ ।