जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

दाङ, जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा बाहेका अन्य सम्पूर्ण सेवाहरू अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार भोलीदेखि कार्यालय बन्द रहने छ।

दाङमा हाल ७ सय ८४ जना कोरोना संक्रमित रहेका छन् । जस मध्य ६ सय ९८ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् ।