उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र १६, मंगलवार १७:२५
प्रकासित समय : १७:२५
काठमाडौँ, काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र काठमाडौँ उपत्यकामा २९८ जनामा कोरोना देखिएको थियो ।
संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।