नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि,७६८ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ भाद्र १६, मंगलवार १७:०८
प्रकासित समय : १७:०८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४४ जना महिला र जना ७२५ पुरुष गरी १०६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ हजार १७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५५ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १८ हजार ११२ संक्रिय संक्रमित छन् । आज नेपालमा १२ हजार १७८ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ७ हजार ३९० रहेका छन् । होम आइशोलेशनमा ७ हजार २८० रहेका छन् ।