कारागारमा तीनजना कैदीबन्दिको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १६, मंगलवार १३:३१
प्रकासित समय : १३:३१
काठमाडौं , सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो ।
उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो भने सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।यस्तै, अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको कारागार स्रोतले बताएको छ ।
उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।