पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १६, मंगलवार १२:५०
प्रकासित समय : १२:५०
काठमाडौं पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।न्यायाधीश चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।
स्वास्थ्यमा समस्या आएपछि ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।