पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

आज मृत्यु पुष्टि हुनेमा १ जना ४ वर्षियाबालिका र १० पुरुष रहेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।