काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टी
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १८:५६
प्रकासित समय : १८:५६
काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबारको रिर्पोटमा कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।
तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको उनको सचिवालयले जनाएको छ । उनी होम आइसोलेसनमा रहेको पनि उनको सचिवालयले जनाएको छ ।