कारोना संक्रमितको उपचारकालागि बालाजुस्थित जनमैत्री अस्पताल संचालनमा

काठमाडौं, लामो समय देखि बन्द रहेको काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताललमा सोमबारबाट संचालनमा आएको छ ।सोमबार एक कार्यक्रमकाबीच काठमाडौं महानगपालिका –१६मा पर्ने उक्त अस्पतालमा १०० बेडको कोरोना संक्रमितको उपचार गर्नृे गरी आइसोलेसन सेन्टर सहित सञ्चालनमा ल्याएको हो ।

काठमाडौं महानगरपालिका –१६ वडाध्यक्ष मुकुन्द रिजाल र स्थानीयहरुको पहलमा केही दिनदेखि उक्त अस्पताललाई कोरोना संक्रमितको उपचारको लागि संचालनमा ल्याउनुपर्ने दवाव बढाउदै आएका थिए ।अस्पतालमा सोमबार ६ जना डाक्टर, १२ जना नर्स र २ जना मेट्रोनलाई वडाध्यक्ष मुकुन्द रिजालले पुष्पगुच्छा सहित स्वागत गरेका थिए।अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु नै उक्त अस्पतालमा काम गर्ने गरी आएको वडा अध्यक्ष रिजालले जानकारी दिए ।

अस्पतालमा सोमबार साँझदेखि नै कोरोना संक्रमित बिरामी राख्न थालिनेछ । अस्पतालमा अहिले आईसीयू र भेन्टिलेटर राख्न भने नसकिएको बताइएको छ । काठमाडौं उपत्याका सहित देशभर कोरोना संक्रमित संख्या बढीरहेका बेला यो अस्पताल संचालनमा ल्याउनुलाई धेरैले सकरात्मक मानेका छन । भने सरकारले पनि धेरै राहतको महसुस गरेका छन ।