कोरोना रोकथाम गर्न सांसदहरु परिचालन गरिने
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १८:१८
प्रकासित समय : १८:१८
काठमाडौँ, सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्पुर्ण सांसदहरुको परिचालन गर्ने भएको छ ।
आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गर्न सक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
उनीहरुलाई जनप्रतिनिधिको हैसियतमा कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आवश्यक समन्वय, सहकार्य र अनुगमन गर्न परिचालन गर्न लागिएको बताइएको छ ।