२४ घण्टामा कर्णालीमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १७:२३
प्रकासित समय : १७:२३
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका २८ जना,गुर्वाकोट नगरपालिकाका ८ जना,चौकुने गाउँपालिकाका १ जना,जुम्ला,बाके,बैतडिका एक एक जना थप कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
योसंगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार २ सय ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट निको भई घर फर्कनेको संख्या १५ रहेको महाशाखाले जनाएको छ ।