कोरोना जितेका एक पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरे
काठमाडौं भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।प्रहरी पुगेपछि थाहा भयो ती व्यक्ति कोरोना भाइरस पोजेटिभ देखिएपछि १० दिनअघि सशस्त्र प्रहरी बलको बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनी हुन्, भक्तपुर नगरपालिका–१० घर भएका पुरुष ।
पीसीआर जाँच रिपोर्ट नेगेटिभ आएपछि एपीएफ अस्पतालले उनलाई डिस्चार्ज गरेर प्रदेश ३–०१–००२ झ ५२३० नम्बरको एम्बुलेन्समा घर पठाएको थियो । तर, सल्लाघारी पुगेपछि उनले ‘अपहरणको परेको’ दावी गर्दै आफूलाई घर छाड्न हिँडेको एम्बुलेन्सको सिसा फुटाएर आतंक मच्चाउन थालेपछि एम्बुलेन्स चालक तनावमा परे ।‘मलाई अपहरण गरेर ल्यायो’ भनेर उनले आतंक मच्चाएपछि एम्बुलेन्स चालकलाई स्थानीयले घेरा हाले । प्रहरी पुगेपछि बल्ल एम्बुलेन्स चालकले सन्तोषको श्वास लिए ।
अपहरणमा परेको दावी गरेपनि वास्तविकता त्यस्तो थिएन’ महानगरीय प्रहरी परिसर जगातेका प्रहरी नायव उपरीक्षक
डीएसपी चक्रराज जोशीले भने–‘एम्बुलेन्सको क्षति भएको सिसा मर्मत गर्नेगरी हामीले उहाँलाई परिवारको जिम्मा लगाएका छौं ।’