भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित
काठमाडौं, छिमेकी भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा यति धेरै कुनै देशमा थपिएका थिएनन् । बिश्वमा संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।
यसअघि अमेरिकामा जुलाई २४ मा ७८ हजार ५ सय ८६ जना संक्रमित थपिएका थिए । उक्त रेकर्ड तोड्दै भारतमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।भारतमा पछिल्लो एक महिना यता विश्वमै सबैभन्दा बढि कोरोना संक्रमित थपिएका छन् ।जुलाई ३० देखि अक्टोबर ३० सम्ममा भारतमा १९ लाख ७९ हजार ८ सय १९ जना संक्रमित थपिएका छन् । ताकी यहि अबधीमा अमेरिकामा १५ लाख ३२ हजार ३२ र ब्राजिलमा १२ लाख ४८ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् ।
भारतमा एक महिना अघि अर्थात जुलाई ३० सम्ममा १६ लाख ३९ हजार ३ सय ५० जना कोरोनाबाट संक्रमित भएका थिए । एक महिनाको अबधिमा दोब्बरभन्दा बढिले संक्रमित थपिएका छन् । हाल भारतमा संक्रमितको संख्या ३६ लाख १९ हजारभन्दा धेरै पुगेको छ ।यस्तै भारतमा एक महिनाको बीचमा कोरोनाकै कारण २८ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । एकमहिनाअघि अर्थात जुलाई ३० मा मृतकको संख्या ३५ हजार ७ सय ८६ थियो भने हाल ६४ हजार ६ सय १७ पुगेको छ ।