” ए भ्रष्टाचारि हो “

कालो इतिहास बोकेर स्वच्छ छवि खोज्नेहरु हो
गरिब दुखी लाई ढाटेर महल र पजेरो चढ्नेहरु हो
कर-भन्सारमा बसेर राजस्व लुट्नेहरु हो ।
तिमिहरुका विरुद्धमा बम र बन्दुक पड्किनेछ
तिमिहरुको अन्त्य विना यो देशमा शान्ति असम्भव छ ।

कुर्सीको लागी सत्तामा कुकुरको हड्डीझै लड्नेहरु हो,
रास्ट्रबैंकमा सम्धी नियुक्ति गर्ने,
ईश्वर सङ्ग बिन्ति गरि माफ गर्नेहरु हो ।
सुत्केरीको ब्यथा लागी उपचार नपाई लास हेर्ने शासकहरु हो
बाढिपहिरो बाट च्यापिएकाको लास नखोज्दै
कृषिबालि मासी भासण गर्दै हिड्नेहरु हो
कठै ! तिम्रा खोक्रा रास्ट्रबादीनारा मन्त्रीकै ओहोरदोहोरमा ठिक्क छन
आफुलाइ जननिर्वाचित भनी देशलाई बन्दी बनाइरहेछन ।

राष्ट्र सेवकको बिल्ला भिरेर किल्ला मिचेको हेरि
विप्लवका कार्यकर्ता खोज्दै हिडिरहेका छन् ।
शान्ति सुरक्षाको पहेरदार भएर भोकानाङ्गा मार्नेहरु हो
बिकासका नाममा रकम लुटेर महल खडा गर्नेहरु हो
गाउँका सोझा निमुखा ठगी शहरमा चैन गर्नेहरु हो
तिमिहरु बाटै यो देशमा कोलाहल र अशान्ति मच्चिएको छ ।

निजि स्कुलको नाममा शिक्षामा ब्यापार गर्नेहरु हो
सामान लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेहरू हो
तिमिहरुका कारण यहाँ अन्याय अत्याचार फस्टाएको छ
तिमिहरु स्वतन्त्र हुदासम्म यो देशमा शान्ति असम्भव छ !!