दाङमा लकडाउन : बिहानैदेखि सडक र बजार सुनसान
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार ०९:३५
प्रकासित समय : ०९:३५
दाङ, दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन ।
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
निषेधाज्ञा भदौ २१ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञा अवधिमा पीसीआर जाँच बढाउने र एक हप्तापछिको अवस्था हेरेर थप निर्णय हुने पनि प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।