दाङका एक दम्पतीमा कोरोना संक्रमण पुष्टि

दाङ, दाङमा उपचारका लागि जिल्ला बाहिर गएका एक दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा चोट लागेपछि भैरहवामा उपचार गरेर फर्केका घोराही ५ का पतिपत्नीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरु दुई जनासहित तीन जनालाई संक्रमण पुष्टि भएको हो ।

ती दम्पत्ति केहिसमय अघिमात्रै भैरहवामा उपचार गरेर फर्किएको र घर फर्किएपछि केही समस्या देखिएपछि दिपज्योति हस्पिटलमा भर्ना भएका दम्पतिलाई कोरोनाको आशंका लागेर पिसिआर जाँच गर्दा संक्रमण देखिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । यस्तै केही दिन अघिमात्रै नेपालगञ्जबाट घर आएका घोराही १५ का १९ बर्षीय एक युवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।