लकडाउनसंगै पिसिआर परिक्षणको दायरा बढाउन समाजबादी दाङको माग
भालुवाङ, लकडाउन अवधिमा पिसिआर परिक्षणकाे दायरा बढाउन र राहत प्याकेज ल्याउन जनता समाजबादी पार्टी नेपाल दाङले माग गरेकाे छ । पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले एक विज्ञप्ती जारी गरी समुदायस्तर मै व्यापक काेराेना संक्रमण देखिन थालेकाे भन्दै र भयाभव अवस्था हुन नदिन संम्भावित व्यक्तिहरूको पिसिआर परिक्षण गर्न तथा दायरा बढाउन सरकार संग माग गरेका हुन् ।
कोरोना भाइरस (काेभिड-19) काे विश्व महामारीका कारण सिंगाे मानव जगत प्रभावित भईरहेकाे बर्तमान अवस्थामा नेपालीहरुमा पनि त्यसकाे संक्रमणकाे गति तिब्र अवस्थामा बढिरहँदा सिंगाे दाङ जिल्लाबासीहरु पनि अत्यन्तै चिन्तीत अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाईरसकाे बढदाे संक्रमणकाे अवस्थालाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले भदाै १४ गते राति १२ बजे देखि लागु हुने गरि ७ दिन सम्म जिल्लाभर लकडाउन घाेषणा गरेकाे छ । यो अवधी बढ्न सक्ने भएकाले गरिव, असाहाय, असक्तहरुकाे राहतकाे ब्यवस्थाका लागी ३ वटै तहका सरकार सँग माग गरेका छन् । उनले विज्ञप्तिमा महामारीबाट हतास नभई , मनाेवल उच्च राख्दै ,सरसफाईमा वृद्धि र भेटघाट बन्द गरि सबै आफन्तहरुलाई सचेत गराउँदै महामारीबाट जित्न आत्मबल बढाउन सम्पूर्ण सचेत नागरिकहरुमा अनुराेध समेत गरेका छन् ।
घरघरमा जनताकाे सरकार हुँदा समेत जनताकाे जीवन र दैनिकी एवं स्वास्थ्यमा अत्यन्तै खेलवाड गरी बिगत चैत्र ११ गते देखि सिंगाे देश लकडाउन हुँदा संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका तिनै तहका सरकारहरुकाे समन्वयकाे अभावकाे कारणले क्वारेन्टाईन ब्यवस्थापनमा सामान्य मापदण्डमा समेत वेवास्ता गरी अत्यन्तै गैह्र जिम्मवार भुमिका रहँदा समुदायमा कोरोना भाइरसकाे आजकाे अवस्था सिर्जना भएकाे सो पार्टीकाे ठहर छ । सरकारकाे काम के हाे ? जनप्रतिनिधीकाे काम के हाे ? जनउत्तरदायित्व भनेकाे के हाे ? यस्ता गैह्र जिम्मेवार सरकार र जनप्रतिनीधिहरुकाे यस्ता कृयाकलापकाे निन्दा र भ्रत्सना गर्दै पार्टीले खेद प्रकट गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
अझै पनि यस तर्फ समयमै ध्यान नभएमा र ब्यवस्थापन नगरिएमा निकै ठुलाे दुर्घटना हुन सक्ने संकेत देखा बताइएको छ । कोरोनाकाे हालकाे अवस्थाकाे निदान वा पुर्ण समाधान लकडाउन मात्रै हुन नसक्ने भन्दै संक्रमितहरुकाे सम्पर्क, संक्रमित एरिया, सम्पर्क भएका ब्यक्तीहरुकाे ट्रेसिङ, कन्ट्रयाट ट्रेसिङ गरि संभावित ब्यक्तीहरुकाे पिसिआर परिक्षण गर्नु र दायरा बढाउन तथा रिपोर्ट नआए सम्म सम्बन्धित एरिया र घरहरु सिल गर्न र आईसाेलेसन हस्पिटलहरुकाे विशेष ब्यवस्थापन गर्न अहिलेकाे आवश्यकता रहेको सम्बन्धित निकायकाे गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमणकाे कारण लकडाउन थपिंदै जान सक्ने संभावित अवस्था देखिएकाेले लकडाउनका कारण उद्योगधन्दा, कलकारखाना, कृषिक्षेत्र,व्यापार ब्यवसाय र सेवा क्षेत्र समेत बन्द हुँदा काम गरेर जिबिकाेपार्जन गर्ने मजदुरहरुकाे राेजगार खाेसिन गई दैनिकी बन्द भई भोकमरीकाे अवस्था सिर्जना हुने प्रवल संभावना रहेकाेले स्थानिय सरकार तथा सरकारका जिल्ला स्तरिय कार्यालयहरुलाई बेराेजगार मजदुर, असाहाय, साथै यस जटिल परिस्थितीमा पार्टीका सम्पुर्ण नेता, कार्यकर्ता, समर्थक, सुभचिन्तक, बुद्धिजीवी, समाजसेबी, नागरिक समाज लगायत सम्पुर्ण सचेत बर्गकाे समाजप्रतिकाे उत्तरदायित्व र भुमिका महत्वपुर्ण हुने हुँदा कोरोनाकाे यस महामारीमा गैह्रजिम्मेवार सरकारकाे मुख ताकेर बस्नु भन्दा उच्च मनाेवलका साथ कोरोना महामारीलाई परास्त गर्न हाम फाल्ने आत्मवल बढाेस भन्ने कामना र आसा गर्दछाैं जारी विज्ञप्तीमा भनिएकाे छ ।