लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप

काठमाडौं, लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला यस्तो भएको हो ।भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ ।

चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको उसको दावी छ । चिनियाँ सेनाले सीमामा यथास्थितिको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।भारतले चिनियाँ सेनासँग झडप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसी हिन्दीले जनाएको छ । भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको विषयमा जानकारी दिएको छ ।

ब्युरोले भनेको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहट कदमलाई रोकिदिएको छ । भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ । साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ ।’भारतीय सेनाका अनुसार हालैको झडप दुई दिन अगाडि अगष्ट २९ को राति भएको थियो । । यसअघि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो ।