रौतहटमा ४० वर्षीया एक महिलाको हत्या
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १५:१२
प्रकासित समय : १५:१२
रौतहट , रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका – ३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काका अनुसार आइतबार बिहान १० बजेतिर घाँस काट्न भनेर उँखुबारीमा गएकी उनको साँझ शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको लागि डीएसपी भरत श्रेष्ठको कमाण्डमा टोली खटिएको खड्काले जानकारी दिए ।