माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु

काठमाडौं, चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–८ मा स्थित सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका २ युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले स्थानीय नवराज दराई र निरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए। चुडामणी शर्मासहितका पाँच जनाले संचालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका उनीहरुलाई करेन्ट लागेको थापाले बताए।

उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको प्रहरीले जनाएको छ। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ। माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको प्रहरीले जनाएको छ।