बाँकेमा एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, बाँकेमा सोमबार बेलुकासम्मा थप ४१ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबबाट ४० र वोगेश्वरी डाईग्नोष्टिक सेन्टर कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा नेपालगन्जका ५२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

जसमध्ये ६ जना स्वास्थ्यकर्मी समेत रहेका  बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए   । श्रेष्ठका अनुसार कोहलपुरका १७, नेपालगञ्जका ८, खजुराका ६ र नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सक र बिरामी समेत ९ जना गरि ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दाङ, बर्दिया र महोत्तरी घर भएका एक-एक जना रहेका छन । अरु सबै बाँके जिल्लामा घर भएका हुन् ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ४३ पुगेको छ ।