पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ

नेपालगन्ज, बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट ५ लाख ३० हजार घुस सहित पक्राउ गरेकाे हाे । 

सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको उक्त रकम र ३३-१-०९६१ नम्वरको गाडी सहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नम्वर ५ बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो ।

प्रमुख अर्याललाई विशेष सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।