पर्सामा ३४ जना कोरोना संक्रमित थपिए
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १६:१०
प्रकासित समय : १६:१०
पर्सा, पर्सामा थप ३४ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित हुनेमा आठ महिला र २६ पुरुष छन्। नारायणी अस्पतालका प्रवक्ता डा. चितरञ्जन साहका अनुसार पर्सामा चार सय ९० महिलासहित दुई हजार एक सय ९४ जना संक्रमित पुगेका छन्।
पछिल्लोपटटक संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकाका–११ का ४ महिलासहित १२ जना छन्। वडा नम्बर २० का एक महिलासहित दुई जना, कालिकामाई गाउँपालिकाका एक महिलासहित नौ जना, वडा नम्बर ३ का एक महिलासहित चार जना, वडा नम्बर ४ का चारजना छन्।