नेपाल एयरलाइन्सले गर्यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १७:०९
प्रकासित समय : १७:०९
काठमाडौं, १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ।
निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो।
जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा नारिता उडान हुने छ।
दुवईको लागि आठ उडान तोकिएको छ। निगमले दुवईमा सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८ तारिखमा उडान भर्ने छ।
६, १३, २० र २७ तारिखमा क्वालालम्पुर उडान हुने निगमले जनाएको छ। त्यसैगरी सेप्टेम्बर ९ र २३ तारिखमा हङकङ उडान हुने छ।

