गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १५:०५
प्रकासित समय : १५:०५
काठमाडौँ , गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा लमजुङका ८ जना, गोरखाका २ जना र नवलपरासीका ३ जनामा संक्रमण देखिएको हो ।
यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १ सय ५७ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या भने ४५१ पुगेको छ ।