कोहलपुरका १७ जना सहित, बाँकेमा ४० जनामा कोरोना संक्रमण

 नेपालगन्ज, बाँके भेरी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ६६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सातजना स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले बताउनुभयो । केही विरामी र उनीहरुका आफन्तमा पनि कोरोना भाइरस संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।