कोरोनाबाट साेमबार ७ जनाको मृत्यु ,ज्यान गुमाउनेको संख्या २२८ पुग्यो,

काठमाडौं, नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।