उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 उनका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । हिजो काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।