असोज १ गतेदेखि लामो दूरीको यातायात चलाउन दिने सरकारको निर्णय
प्रकासित मिति : २०७७ भाद्र १५, सोमबार १७:४६
प्रकासित समय : १७:४६
काठमाडौं, सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ।
हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यो जानकारी दिएका हुन्।
यसअघि सरकारले भदौ १६ देखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो।