सुनसरी, कोरोना भाइरस संक्रमणबाट धरानमा एकै दिन आमा–छोराको ज्यान गएको छ ।
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार १४:३०
प्रकासित समय : १४:३०
स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज आइतबार बिहान मृत्यु भएको हो ।
आमाको बिहान ८ः३० र छोराको ७ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।