बुटवलमा कोरोना संक्रमणबाट एक पुरूषको मृत्यु

बुटवल, बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।

शनिबार रातिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो । भर्ना भएपछि गरिएको स्वाब परिक्षणमा संक्रमण पुष्टि भएको थियो ।