बाँकेमा १३ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार १४:१०
प्रकासित समय : १४:१०
नेपालगन्ज, बाँके १३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला बाँके डुडुवा गाउँपालिका ५ कमर्सास्थित इलाका प्रहरी कायार्लय बनकट्टीबाट बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गस्तीमा गएको टोलीले चेकजाँच गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष ४२ को बिसराम थारु र राप्ती सोनारी गाउँपालिका ५ गोरधुई बस्ने वर्ष २५ को राम बहादुर चौधरीको साथबाट प्लाष्टिकको २ वटा झाेलामा राखेको १३ किलो गाजाँसहित कब्जा गरेको जनाएको छ । प्रहरीले आबश्यक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।