धरानमा पनि २ जना कोरोना संक्रिमतको मृत्यु

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यू हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा र ६० वर्षीय पुरुषको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

मृतक महिलामा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको समेत प्रवक्ता सापकोटाले जनाकारी दिए । यस्तै ६० वर्षीय पुरुषमा पनि अध्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कलेजोमा समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

मृतक दुबैमा आइतबारनै कोरोना पोजेटिभ देखिएको अस्पतालले बताएको छ । यो संगै धरानको प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।