तनहुँ र बाग्लुङमा थप २४ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार ११:११
प्रकासित समय : ११:११
पोखरा, तनहुँ र बाग्लुङमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँका २२ जना र बाग्लुङका २ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये बाग्लुङ जिल्ला, तामानखोला २ का दुई महिला मध्ये १ जना स्वास्थ्यकर्मी र अर्का स्थानीय ब्यापारी रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । अन्य सबै कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।
यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १ सय २३ पुगेको छ ।