मुख्यमन्त्री परिवर्तन स्थानिय निर्वाचन पछि मात्रै : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन । शनिबार प्राइम टेलिभिजनको पत्रकार ऋषि धमलासंगको अन्तवार्तमा एक अन्र्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मुख्मन्त्री परिवर्तन अहिले नहुने डेढ बर्षपछि स्थानिय निर्वाचन हुन्छ त्यसपछि मुख्यमन्त्री मात्रै परिवर्तन बताएका हुन ।

सत्तारुढ दल नेकपा पार्टिभित्र र पार्टीको विवाद समाधान गर्नको लागि गठित कार्यदलले समेत मुख्यमन्त्री देखि संघीय सरकारको मन्त्रीमण्डल समेत पुर्नगठन गर्नु पर्ने सुझाव दिएपछि विभिन्न आकलन भइरहेका बेला प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यत्तिलाइ महत्वको साथ हेरिएको छ ।
अहिले वाग्मती प्रदेश र प्रदेश एकको मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलिरहेकको छ । १ नम्बर र वागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने चर्चा छ । के यो सत्य हो रु भन्ने धमलाको प्रश्नमा प्रधानमन्त्री ओलीले घुमाउरो जवाफ दिँदै ‘स्थानीय तहको निर्वाचन हुन डेढ वर्ष जति बाँकी छ । आमनिर्वाचन भएपछि प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि परिवर्तन हुनसक्छ,’ प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तनबारे राखिएको जिज्ञासाको जवाफ दिँदै भनेका छन् ।
खासगरी वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग सत्तारूढ नेकपाकै सांसदहरू रुष्ट छन् । शक्तिकेन्द्रबाहेक अरू कसैको कुरा नसुन्ने आरोप उनीमाथि लागेको छ ।
मुख्यमन्त्री पौडेलको मन्त्रिपरिषद्कै सदस्यहरूले त सामूहिक राजीनामा दिने चेतावनी नै दिइसकेका छन् । नेकपा प्रदेशसभाका ८० सांसदमध्ये ६० भन्दा बढीले मुख्यमन्त्री पौडेलको बर्खास्ती माग गर्दै हस्ताक्षर संकलन समेत गरेका थिए ।

