अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री यूवराज खतिवडालाई नै पुन अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेका छन । शनिबार राति प्राइम टाइम्स टेलिभिजनको एक अन्तरवार्तामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् ।

ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको समेत दावी गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘२–४ दिन हेरौँ न, २० गते त आउन लागिहाल्यो । अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन ।’

अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ त ? भन्ने प्रश्नमा ओलीले भने, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि बाहिर आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उनले भने, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’

युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए । तर, मुख्यरुपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका लागि मन्त्रिपरिषद्को हिसावमा, अन्य पक्षहरु पनि केलाएर समग्रता हेरेर निष्कर्ष निकाल्ने बताए ।

फागुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडाले सङ्घीय संसदको सदस्य नरहे अब भदौ २० सम्ममात्रै काम गर्न पाउँछन् । संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन । श  धमलासंगको अन्तवार्तमा एक अन्र्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मुख्मन्त्री परिवर्तन अहिले नहुने डेढ बर्षपछि स्थानिय निर्वाचन हुन्छ त्यसपछि मुख्यमन्त्री मात्रै परिवर्तन बताएका हुन । सत्तारुढ दल नेकपा पार्टिभित्र र पार्टीको विवाद समाधान गर्नको लागि गठित कार्यदलले समेत मुख्यमन्त्रीदेखि संघीय सरकारको मन्त्रीमण्डल समेत पुर्नगठन गर्नु पर्ने सुझाव दिएपछि विभिन्न आकलन भइरहेका बेला प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यत्तिलाइ महत्वको साथ हेरिएको छ ।