तरुण दल खजुरा गाउँपालिकाको रक्तदान कार्यक्रम

बाँके । तरुण दल खजुरा गाउँपालिकाले शनिबार रक्तदान र पार्टी प्रबेश कार्यक्रम गरेकाे छ । पुर्व संबिधान सभा सदस्य बादशाह कुर्मी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मो नकि खाँ, महासमिति सदस्य लक्षमी नारायण शाहको उपस्तिथिमा शनिबार रक्तदान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

कार्यक्रमलाई पुर्व सांसद कुर्मीले नेपाल रेडक्रस सोसाईटीका स्वास्थ्यकर्मीलाई ब्लड ब्याग दिएर उद्द्घाटन गरेका थिए  । साे क्रममा क्षेत्रीय सभापति खाँ र शाहले खादा ओढाएर युवाहरुलाई काङ्ग्रेसको सद्स्यता प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता खाँले खजुरा गाउँपालिकामा काङ्ग्रेस कम्जोर नभई काङ्ग्रेसीहरूकै बिरोधका कारण कार्यकर्ता निरास भएकाे बताए । अगामी दिनमा काङ्ग्रेसी कार्यकर्ताहरुलाई समेटेर सल्लाह सुझावलाई मध्यनजर गर्दै काङ्ग्रेस अगाडी बढने जिकिर गरे ।

सङ्गठनलाई बलियो बनाउने र युवाहरुलाई जुटाउने, एकता बढाउने कार्य खजुरा गाउँपालिकास्तरीय तरुण दलले गरेकोमा धन्यवाद ब्यक्त गर्दै सांसद कुर्मीले गाउँपालिकामा भईरहेकाे भ्रष्टाचार अनियमितता बिरुद्व अझ शसक्त भएर लाग्न युवाहरूलाई अाग्रह गरे ।

तरुणदल खजुराका अध्यक्ष कोमल सिंह ठकुरीले तरुण एकता र भ्रष्टाचार बिरुद्व सधै एक भएर लाग्ने बताए । कार्यक्रममा ५० जना युवाले रक्तदान गरेका छन भने नेकपा र राप्रपाका १५० युवा प्रवेश गरेकाे खजुरा तरण दलका नेता अस्लम भाटले जानकारी दिए