सीमाना बेच्यौँ आफैँले, फिर्ता गरौँ इतिहास हुन्छ
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार ०९:२८
प्रकासित समय : ०९:२८
सबैलाई स्वदेशमै बस्ने, स्वदेशमै बाँच्ने आश हुन्छ,
सीमाना बेच्यौँ आफैँले, फिर्ता गरौँ इतिहास हुन्छ ।
प्रदेशमा चन्द्रसूर्य रुमालले पसिना पुछेको हुन्छु,
नेपालमा आफ्नै आमाले पुछेको आभाष हुन्छ ।
सुनेको हूँ दिनेको भकारी रित्तिन्न, लिनेको भरिन्न,
मत दिने जमिनमै छौँ , लिनेको यात्रा आकाश हुन्छ ।
कागजी पाना र भाषणमा मात्रै गणतन्त्र आएको हो,
पानी र बिरामी डोकोमै बोक्छौँ, कसरी विकास हुन्छ ?
स्वार्थ र सङ्कामा सम्बन्ध जोड्यौ मौलाउनै पाएन
आमालाई त सन्तानका हर चिजमा विश्वास हुन्छ ।
सुर्खेत , कर्णाली प्रदेश ।