५ लाख ३० हजार नगदसहित इन्जिनीयर पक्राउ
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार २०:५१
प्रकासित समय : २०:५१
रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई ५ लाख ३० हजार नगदसहित पक्रा गरेको छ ।
आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको उक्त परिमाणको रकम सहित पक्राउ गरेको हो ।
उनलाई आज अपराह्न ४.३० बजे कार्यालय समय सकिनै लाग्दा मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।