नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरस संक्रमण
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार १३:०६
प्रकासित समय : १३:०६
काठमाडौं । नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार साँझसम्म मुलुकका विभिन्न स्थानमा खटिएका सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ११८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा कर्णाली प्रदेश र प्रदेश २ का सैनिक बढी छन् ।
उनका अनुसार होल्डिङ सेन्टर, क्वारेन्टिन/आइसोलेसन र कारागारको सुरक्षामा खटिएकाहरु बढी संक्रमित पाइएका छन् । सेनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको शव व्यवस्थापनको महत्त्वपूर्ण कामसमेत गर्दै आएको छ ।