चीनमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १४, आईतवार ०७:४९
प्रकासित समय : ०७:४९
एजेन्सी , उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन शहरमा रहेको एउटा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार अरू २८ जना घाइते भएका छन् ।
जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेका रेस्टुरेन्ट भवन शनिबार बिहान भत्किएको थियो ।