चितवनमा फेरि थपिए ४३ जना कोरोना संक्रमित

चितवन, भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

भदौ १३ गते परिक्षण गरिएको ४ सय ७२ नमूनामध्ये ४३ नमूनाको कोरोना पुष्टि भएको छ र बाँकी ४ सय २९ नमुनामा नतिजा नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले दिइन् ।

संक्रमित हुनेहरुमा चितवनका २९, तनहुँका २, झापाका २ , नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, सुर्खेत, कास्की, बाग्लुङ र बाराका ११ जना रहेका छन् । जसमा २२ जना महिला रहेका छन् ।