चितवनमा थप ४३ जनामा कोरोना पुष्टि

चितवन, ४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७ जना पुरुष र १० जना महिला रहेका छ्न । संक्रमितहरु महिला २१ देखि ८० बर्ष र पुरुषहरु ४ बर्षका बालक देखि र ५७ बर्ष उमेर समुहका रहेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर ७ का एक जना ७९ बर्षका महिलालाई पनि संक्रमण देखिएको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ८ र ९ का १ जना पुरुष र १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले जनाएको छ । उनिहरु २४ बर्षका पुरुष र ४९ बर्षका महिला रहेका छ्न । त्यस्तै तनहुँका २ महिला , झापाका २ महिला , पुर्वि नवलपरासीका एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैगरि सर्लाही , दाङ , धनुषाका ३ पुरुष र पाचथर , सप्तरी , कास्की , सुर्खेत , बाग्लुङ र बाराका एक एक जना महिलामा संक्रमण देखिएको हो ।